जुम्ला : हट्यो खलङ्गामा लगाइएको निषेधाज्ञा
जुम्ला – जुम्लाकाे सदरमुकाम खलङ्गामा लगाइएको निषेधाज्ञा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले गएको बिहीबारदेखि लगाएको निषेधाज्ञा आजदेखि हटाएको हो । तर कोरोना सङ्क्रमणबाट बच्न जनस्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।
पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका २७ स्वास्थ्यकर्मीसहित ४७ जनामा कोरोना पुष्टि भएपछि परीक्षण, खोजीकार्य तथा फैलिन नदिन भन्दै निषेधाज्ञा गरिएको थियो ।

सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । अस्थायी प्रहरी पोष्ट खडैचाले सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम…


