काठमाण्डाैमा ११ सय ७८ सहित उपत्यकामा थप १५ सय ३१ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १५ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार काठमाण्डौमा ११ सय ७८ जना, ललितपुरमा दुई सय ५० जना र भक्तपुरमा एक सय तीन जनामा सङ्क्रमण देखिएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभर दुई हजार चार सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा १३ हजार सात सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा नौ सय ३७ महिला र १५ सय तीन जना पुरुषमा सङ्क्रमण देखिएको हो । 

अब नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८९ हजार दुई सय ६३ पुगेको छ । 

TOP