सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवा रुपान्तरण हुनुपर्छ – प्रधानमन्त्री ओली
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
१४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै उहाँले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको हो । नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहनाअनुसार लय मिलाएर काम गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले हुलाक सेवा जनस्तरमा सञ्चार सेवा उपलब्ध गराउने संसारकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा भएकोले भन्दै यसलाई समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्ने बताउनुभयो । नेपालमा विसं १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


