पाँच औषधि पसललाई १० लाख जरिवाना
नुवाकोट, जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए।
विदुर नगरपालिका २ बट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका–४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी र विदुर नगरपालिका– १ ढुङ्गेमा रहेको समीर फार्मेसी गरी पाँचवटा औषधि पसलले बिलबीजक जारी नगरी औषधि बिक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना तोकी ७ दिन भित्र जरिवाना रकम बैंक दाखिला गरी एकप्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
यस्तै, संयुक्त अनुगमन टोलीले म्यागङ गाउँपालिकाका औषधि पसलहरुको अनुगमन गर्नेक्रममा मापदण्ड विपरित सञ्चालन गरेको पाइएकोले सिलबन्दी गरिएको छ । म्यागङ गापा–३ मा सञ्चालित मेडिकल तथा फार्मेसी अनुगमन गर्ने क्रममा सोही वडामा सञ्चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित सञ्चालनमा रहेको पाईकोले सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी तादी गाउँपालिकाको खरानीटारमा रहेको तादी फर्मा र दुप्चेश्वर फार्मेसी मा खरिद विल नभएको पाइएकोले रु १० हजार जरिवाना गराइएको जिल्ल प्रशासन कार्यालयले छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


