कपिलवस्तुमा लागुऔषध सहित युवक पक्राउ
कपिलवस्तुको कृष्णनगर बाट प्रहरीले एक युवकलाई लागुऔषध सहित पक्राउ गरेको छ । शनिवार साँझ कृष्णनगर नगरपालिका वडा २ गोलघर बाट प्रहरीले प्युठानको सरमारानी गाँउपालिका वडा नं. १ बस्ने बर्ष २५ को यासिन मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
मियाँले बोकेको झोलाबाट NITRAVET-10 लेखेको दुई सय उनान्सय ट्याब्लेट, TRAMOL-50 लेखेको २० पत्तामा प्रति पत्ता १० क्याप्सुलका दरले जम्मा २०० ( दुई सय ) क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ । उक्त लागुऔषध भारतबाट ल्याएको हुनसक्ने जनाइएको छ । मियाँलाई जिल्ला अदालत कपिलवस्तु बाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको भण्डारीले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


