निलम्बीत प्रधानाध्यापकले पत्र काटेपछि,एक विद्यालयमा दुई जना प्रअ
विद्यालयका प्रअ जिम्मेवारी भने विद्यालय व्यवस्थापन समितिले रामकिशोर बढईलाई दिएको छ । विद्यालयको लेटर प्याड र छाप प्रयोग गर्न पाउने अधिकार बढईलाई मात्रै भएको भए पनि चौधरीले पनि विद्यालयको प्रशासनिक काममा प्रयोगहुने छापहरु प्रयोग गर्दै आएको पाइएको छ ।
विद्यालय व्यवस्थापन समितिको २०७६ कार्तिक २९ गतेको निर्णय अनुसार सोहि विद्यालयमा रहेका साविक प्रह हरिराम चौधरीलाई विद्यालय व्यवस्थापन समितिको निर्णय नमानेको,आफै इच्छा अनुसार कार्यसम्पादन गरेको, शिक्षक अभिभावक संघ गठन नगरेको,लेखापरिक्षण एक्लै गराएको ,विद्यालयमा हाजिर गरी घरयासी काम लागेको आरोप लगाउदै चौधरीलाई प्रअको जिम्मेवारीबाट निलम्बन गरेको थियो । चौधरीलाई प्रअ पदबाट निलम्बित गरेको व्यवस्थापन समितिको निर्णयलाई उच्च अदालत तुल्सिपुर बुटवलले २०७६ फागुन २१ गते सदर गरेकोले व्यवस्थापन समितिले विद्यालयको बरबुझारथ बुझाउन निर्दैशन दिएको भए पनि चौधरीले अदालतको निर्णय र व्यवस्थापन समितिको निर्देशनलाई वेवास्ता गर्दै आएको विजयनगर गाउँपालिका वडा नं. ७ का अध्यक्ष दिनेश चौधरीले बताए । प्रअ पदबाट निलम्बित भईसकेको भए पनि आफ्नै मनोमानी ढंगबाट विद्यालय व्यवस्थापन समिति गठन गरेको र आफुलाई फेरी सोहि समितिबाट प्रअ भएको भन्दै विद्यालयको प्रशासनिक कार्यमा हस्तक्षेप गर्दै आएको अध्यक्ष चौधरीले बताए ।

विद्यालयको प्रअ पदबाट निलम्बित भए पछि साविक प्रअ चौधरीले अर्को विद्यालयमा सरुवा गरि पाउँ भनि गाउँपालिका शिक्षा शाखामा निवेदन समेत दिएका छन । २०७७ असार ७ गते दर्ता नं. १२२ रहेको पत्रमा आफुलाई पायक पर्ने विद्यालयमा सरुवा गरिदिनु भन्दै उनले निवेदन दिएका छन । सरुवाको निवेदन परेपछि शिक्षा समितिको २०७७ असार २६ गतेको निर्णय तथा विजयनगर गाउँपालिका कार्यपालिकाको २०७७ असार ३१ को निर्णय अनुसार २०७७ साउन १ गते देखि लागु हुने गरी शिक्षक चौधरीलाई गाउँपालिकाको वडा नं. ५ मा रहेको आधारभूत विद्यालयमा सरुवा गरेको छ । र सोहि विद्यालयबाट नै तलब भत्ता लिने गरी कामकाजमा खट्न पत्राचार समेत गरेको शिक्षा शाखा विजयनगरले जनाएको छ । यता शिक्षक चौधरीले भने सरुवाका लागी आफुले कुनै पनि किसिमको निवेदन नदिएको बताएका छन । पुरानो व्यवस्थापन समितिले आफुलाई निलम्बित गरेको स्वीकार गर्दै चौधरीले नयाँ बनेको समितिले पुन प्रअको जिम्मेवारी दिएको उनले दावी गरेका छन । साविक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका उदयमान चौधरीले पनि विद्यालयको कामकाज प्रभावकारी रुपमा सम्पादन नगरेकोले अभिभावक संघ र व्यवस्थापन समितिले निर्णय गर्दै शिक्षक चौधरीलाई प्रअको जिम्मेवारीबाट हटाएको बताए ।

सरुवाका लागी निवदेन दिएका र सरुवा पनि भैसकेका शिक्षक चौधरीले भने अझै पनि जनज्योती निम्न माध्यमिक विद्यालयको छाप लेटर प्याड प्रयोग गर्दै आइरहेको विषयमा गाउँपालिका शिक्षा शाखाले भने उने किर्ते गरेको जनाएको छ । अदालत नै प्रअबाट निलम्बित गरेकोले र सोहि विद्यालयबाट पनि सरुवा भइसकेको व्यक्तिले विद्यालयको कुनै पनि कागजात प्रयोग गर्न नपाइने प्रयोग गरे किर्तेजाल साजी गरेको हुने शिक्षा शाखा प्रमुख शिवराज सुवेदीले बताए । गाउँपालिका र शिक्षा शाखाले आधिकारीक रुपमा सोहि विद्यालयको प्रअको जिम्मेवारी राम किशोर बढईलाई दिएकोले अरुले प्रयोग गरे कानुन बमोजिमको प्रक्रियामा जानु पर्ने विजयनगर गाउँपालिकाले जनाएको छ ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


