भारतमा २०२१ को मार्चभित्र कोरोनाविरुद्धको भ्याक्सिन आइसक्ने
एजेन्सी, भारतमा सन् २०२१ को मार्चभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन आइसक्ने निश्चितप्रायः भएको छ । भारतमा विकास भइरहेको दुईवटा भ्याक्सिन तेस्रो चरणको परीक्षणको क्रममा रहेको र नतिजाहरु प्रभावकारी भएबाट भ्याक्सिन उक्त मितिमा आउने विश्वास गरिएको हो ।
विश्वको सबैभन्दा ठुलोमध्येको भ्याक्सिन निर्माणता भारतीय कम्पनि सेरम इन्स्टिच्युट अफ इन्डियाका कार्यकारी निर्देशक डा.सुरेश जादवले विभिन्न कम्पनिहरु भ्याक्सिन विकासका क्रममा रहेकाले भारतमा अर्को वर्षको मार्च महिनाभित्र भ्याक्सिन आइसक्ने बताएका हुन् ।
भारतमा २०२१ को शुरुमै भ्याक्सिन विकासका निर्णायक परिणामहरु आउने बताइएको छ । त्यहाँ वर्षको ८० करोड डज भ्याक्सिन सम्म उत्पादन गर्न सकिने बताइएको छ ।
भ्याक्सिनको पहिलो प्राथमिकता स्वास्थ्यकर्मी हुनेछन् । त्यसपछि ५० वर्ष कटेकाहरु हुनेछन् ।
भारतमा दुईवटा भ्याक्सिन तेस्रो, एउटा दोस्रो चरणको परीक्षणमा छन् । कतिपय कम्पनिहरु भ्याक्सिन विकासको दौडमा देखिइसकेका छन् ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


