भिडिओ कल गरेर खसी–बोका बुकिङ गर्न सकिने, घरमै डेलिभरी
काठमाण्डौ – भिडिओ कल गरेर खसी बोका छान्न सकिने भएको छ । दशैँ, तिहारलाई लक्षित गरि ई–फार्मले भर्चुअल खसी मेला गरिरहेको छ । उपभोक्ताले ई–फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी तथा च्याङग्रा छानी अर्डर गर्न सक्ने छन् ।
उपभोक्ताले बिहान ५ बजेदेखि राति १२ बजेसम्म जुनसुकै समयमा फोन गरेर खसी तथा च्याङग्रा अर्डर गर्न सक्ने छन् । असोज २५ गतेदेखि सुरु भएको खसी मेला कात्तिक ९ गतेसम्म हुनेछ ।
कोरोना भाइरस सङ्कटका कारण बजारमा गएर खसी किन्दा जोखिम हुने भएकाले भिडिओ कलमै उपभोक्ताले खसी छान्ने, तौल हेर्न सक्ने, खसीको रङसमेत छान्न सक्ने फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताउनुभयो । उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर, सफा गरेर डेलिभरी गर्ने कम्पनीले जनाएको छ ।
ई–फार्मको वेबसाइट www.efarm.live बाट अर्डर गर्न सकिन्छ ।
फार्मबाट खसी किन्ने एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले पाँच प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउने छन् । त्यस्तै जिउँदो खसी, च्याङग्रा र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले तीन केजीभन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने कम्पनीले जनाएको छ ।
धनकुटा, बैतडी, उदयपुर, सल्यानलगायतका पहाडी जिल्लाबाट ल्याएको खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुरा ई–फार्ममा पाइन्छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


