कोरोनाको असर : श्रीमानबाटै चरम हिंसा, उजुरी गर्नै डर
श्रीमान् भारतमा कमाउने । आफू घरको काम गर्ने, छोराछोरी हुर्काउने । बैतडी दोगडाकेदार गाउँपालिकाकी निर्मला (नाम परिवर्तन) को जिन्दगी जसोतसो चलिरहेकै थियो । दुई छोरा, दुई छोरी । नातिनातिनाको रेखदेखको लागि सासु हुनुहुन्थ्यो । खेतबारीको काम निर्मला एक्लैको काँधमा थियो ।
यही बेला कोरोनाको त्रास बढ्यो । बाहिर गएकाहरु धमाधम गाउँ फर्के । कोही गाडीमै, कोही हिँडेरै गाउँ पसे । कामको सिलसिलामा विदेश गएकाहरु पनि नेपाल फर्के । भारतको पिथौरगढमा काम गर्न गएका निर्मलाका श्रीमान् विमल (नाम परिवर्तन) पनि घर फर्के ।
लकडाउन थियो । मान्छे एक अर्कासँग बोल्न डराइरहेका थिए । खेतबारीको काम बाहेक वल्लो–पल्लो घरमा समेत जान पाइँदैन थियो । यही बेला सुरु भयो, निर्मलामाथि विमलको यातना ।
विमल दिनभर घर नबस्ने, साँझ रक्सी खाएर आउने र निर्मलालाई कुटपिट गर्न थाले । घरमा आउनेबित्तिकै विमलले निर्मलाको इच्छा विपरीत शारीरिक सम्पर्क गर्न खोजे । निर्मलालाई फेरि गर्भ बस्ने डर थियो तर विमलले जबरजस्ती गर्न थाले । २० वर्षमै चार छोराछोरी जन्माइसकेकी निर्मलालाई पीडा हुन थाल्यो । पाखुरामा नरप्लान्ट राखेको थाहा भएपछि निर्मलामाथिको कुटपिट झन बढ्यो । विमलले हरेक दिन रक्सी खाएर पिट्न थाले ।
निर्मलाले सानो छोरा आठ महिनाको भएकाले फेरि गर्भ बस्न सक्ने भन्दै लकडाउनकै बेला स्वास्थ्य संस्थामा गएर परिवार नियोजनको अस्थायी साधन नरप्लान्ट राखिन् । पाखुरामा नरप्लान्ट राखेको थाहा भएपछि निर्मलामाथिको कुटपिट झन बढ्यो । विमलले हरेक दिन रक्सी खाएर पिट्न थाले । अरु केटासँग सम्बन्ध राख्न सजिलो हुने भएर नरप्लान्ट राखेको आरोप लगाउँदै त्यो झिक्न भने, निर्मलाले मानिनन् ।
श्रीमानको दिनहुँको पिटाइ र कचकचले निर्मलाले पाखुरामा राखेको नरप्लान्ट झिकिन् तर विमलले पिट्न छाडेनन् ।
श्रीमानको पिटाइबाट बच्न निर्मला कहिले माइती, कहिले मावल त कहिले छिमेकीको घरमा गएर बस्न थालिन् । तर पनि श्रीमानले अत्याचार गर्न छाडेनन् । भदौ १४ गते छिमेकीले नै थाहा पाउने गरी निर्मलामाथि कुटपिट भयो । निर्मला छोरा बोकेर घरबाट भागिन् ।
निर्मला घरबाट भागेर गएपछि यसबारे गाउँमा कुरा हुन थाल्यो । महिला हिंसा र बालविवाहविरुद्ध काम गर्दै आइरहेको सामुदायिक सचेतना केन्द्र (साडा) बैतडीका सामाजिक परिचालक सुशीला मडैले पनि थाहा पाउनुभयो ।
सामुदायिक छलफल केन्द्रमा मिलापत्र
भदौ १५ गते सुशीला सामुदायिक छलफल केन्द्रका सहभागी र वडा कार्यलयका सदस्य लिएर विमलको घरमा जानुभयो । विमललाई श्रीमती खोजेर नल्याए प्रहरीलाई उजुरी गर्ने भन्दै श्रीमतीको खोजीमा पठाउनुभयो । विमलसँगै अरु महिला पनि निर्मलाको खोजीमा गए । माइती, मावली खबर गर्दा निर्मलालाई कतै भेटिएन । बल्लतल्ल १७ गते बेलुकी निर्मलालाई भेटियो, १८ गते निर्मलालाई घरमा लगियो ।
श्रीमानले पिट्दा घर छोडेर भागेकी निर्मला र विमललाई अब कसरी मिलाउने गाउँमा छलफल भयो । भदौ १९ गते गाउँका अगुवा, जनप्रतिनिधि र सामुदायिक छलफल केन्द्रका सहभागी बसेर छलफल भयो ।
छलफलमा विमलले अबदेखि मिलेर बस्ने सहमति जनाए । कागज बनाएर मिलापत्र भयो । अहिले निर्मला र बिमलसँगै बसेका छन् ।
‘के गर्नु जेल पठाउँ भने गाउँमै बस्नुपर्छ । सहेरै बसेको बेस, अब त लकडाउन खुल्यो, काम गर्न जानुहुन्छ होला । छोराछोरी त पाल्न पर्याे नि’ निर्मलाले भनिन् ।
श्रीमानले पिट्दा गर्भको बच्चा खेर गयो
रौतहटको परोहा नगरपालिकाकी २३ वर्षीया मीरा शाह (नाम परिर्वतन) श्रीमान् भारत हुँदा खुसी थिइन् । घरमा हुँदा सधै पिट्ने श्रीमान् घर हुनुभन्दा नभएकैमा उनलाई आनन्द लाग्छ । तर जब कोरोनाको त्रास फैलिएर लकडाउन सुरु भयो, दिल्लीमा काम गर्न गएका श्रीमान् घर फर्के ।
श्रीमान घर फर्केसँगै फेरि पिटाइ सुरु भयो । स–साना कुरामा पनि निहुँ झिकेर श्रीमानले बेस्सरी पिट्न थाले । वैशाख पहिलो हप्ता श्रीमान् घर फर्कँदा मीराको पेटमा बच्चा बसिसकेको थियो । जेठ २१ गते मीराका श्रीमान प्रताप (नाम परिवर्तन) घरमै थिए । मीराको मोबाइलमा नचिनेको नम्बरबाट फोन आयो । मिराले फोन उठाएर कसलाई खोजेको हो भनेर सोधिन् ।नचिनेको नम्बरबाट आएको फोन मलाई नदिएर आफै कुरा गर्ने भन्दै प्रतापले मीरालाई बेस्सरी पिटे । लात्तीले पेटमा लागेपछि गर्भमा रहेको बच्चा खेर गयो । रगतले लतपतिएकी मीरालाई जेठानीहरुले जेठ २२ गते गौर अस्पताल लिएर गए ।
नचिनेको नम्बरबाट आएको फोन मलाई नदिएर आफै कुरा गर्ने भन्दै प्रतापले मीरालाई बेस्सरी पिटे । लात्तीले पेटमा लागेपछि गर्भमा रहेको बच्चा खेर गयो । रगतले लतपतिएकी मिरालाई जेठानीहरुले जेठ २२ गते गौर अस्पताल लिएर गए । अस्पतालले गरुडामा रहेको अर्को अस्पतालमा रेफर गर्याे । मीरालाई उनको श्रीमानले मात्र हैन देवर, सासु–ससुराले पनि पिट्ने गरेका छिमेकी बताउँछन् ।
उजुरी दिन मान्दैनन्
निर्मला र मीराजस्ता अरु केही महिला पनि श्रीमानबाटै पीडित छन् । तर आफूमाथि भएको कुटपिट महिला हुनुको कर्म भन्दै उनीहरु उजुरी दिन जाँदैनन् । दिनहुँ श्रीमान् र घरपरिवारबाट हिंसा सहनु परे पनि महिलाहरु उजुरी दिन डराउने गरेको अधिकारकर्मी बताउँछन् ।
अधिकारकर्मी इन्दिरा घले भन्नुहुन्छ, ‘श्रीमतीले श्रीमानले पिटेको सहनुपर्छ, श्रीमानले जे भने पनि सहनुपर्छ, उसको विरुद्ध बोल्न हुँदैन भन्ने पितृसतात्मक सोचले नै श्रीमतीहरु श्रीमानविरुद्ध बोल्न डराउँछन् ।’
यो समस्या शहर बजारभन्दा ग्रामीण क्षेत्रमा धेरै रहेको उहाँ बताउनुहुन्छ । ‘जबसम्म श्रीमानले कुटपिट गरेको पनि हिंसा हो, यो सहनु हुँदैन भन्ने गाउँका महिलाहरुलाई थाहा हुँदैन, तबसम्म निर्मला र मीरा जस्तै श्रीमतीहरु अन्याय सहेर बसिरहन्छन्’, उहाँले भन्नुभयो ।
बैतडीकी सामाजिक परिचालक सुशीला मडैको भनाइ पनि यस्तै छ । उहाँ भन्नुहुन्छ, ‘हामीले त हिंसा सहेर बस्न हुँदैन भन्दै सम्झाउँछौ नि, तर फर्केर त्यही घरमा आउनु छ । उसैको विरुद्ध उजुरी गर्दा थप जोखिममा पर्ने भएकाले उजुरी दिन नै महिला तयार हुँदैनन् ।’ ‘हामीले त हिंसा सहेर बस्न हुँदैन भन्दै सम्झाउँछौ नि, तर फर्केर त्यही घरमा आउनु छ । उसैको विरुद्ध उजुरी गर्दा थप जोखिममा पर्ने भएकाले उजुरी दिन नै महिला तयार हुँदैनन् ।’
६ महिनामा ४ हजार २ सय ३८ वटा घरेलु हिंसाका उजुरी
लकडाउन सुरु भएदेखि भदौसम्मको ६ महिनामा देशभर चार हजार दुई सय ३८ महिलामाथि घरेलु हिंसा भएको उजुरी प्रहरीमा परेको छ । प्रहरी प्रधान कार्यलयका अनुसार महिला तथा बालबालिकाविरुद्ध ६ महिनामा परेका ६ हजार ६ सय ९५ उजुरीमध्ये चार हजार दुई सय ३८ वटा उजुरी घरेलुसम्बन्धी छन् ।
श्रीमानबाट पीडित भएका महिलाहरुको छुट्टै विवरण नराखे पनि घरेलु हिंसामा सबैभन्दा धेरै श्रीमानबाट श्रीमती पीडित हुने गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको महिला सेलका प्रमुख दुर्गा सिंहका अनुसार प्रहरीमा उजुरी परेका श्रीमान् श्रीमतीका अधिकांश घटना मेलमिलाप हुने गरेका छन् ।
‘श्रीमानले दिनहुँ कुटपिट गरी घरबाट निकाले पनि श्रीमती उजुरी गर्न आउँदैनन् । आएकाहरु पनि मेलमिलाप नै गरेर फर्किन्छन्’, सिंहले भन्नुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


