कपिलवस्तुको एक विद्यालयलाई २ थान कम्प्युटर हस्तान्तरण
राम अवतार चौधरी
कपिलवस्तु,
विश्वकर्मा समाज नेपाल यु.ए.ई.ले कपिलवस्त्ुको एक विद्यालयलाई सोमबार २ थान कम्प्युटर हस्तान्तरण गरिएको छ । जिल्लाको शिवराज नगरपालिका–९, बानियाँभारका सरस्वती माध्यमिक विद्यालयलाई २ थान कम्प्युटर हस्तान्तरण गरिएको छ ।

“विश्वकर्मा समुदाय एकजुट हाऔँ आफ्नो कला, सिप र संस्कृतिको संरक्षणको संरक्षण गर्दै क्षमतामुलक समाज र देश निर्माणमा अगाडि बढौँ” भन्ने उद्देश्यले आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा शिवराज नगरपालिका उप–प्रमुख शिव कुमारी थारुले आधुनिक युगमा हरेक विद्यालयले विद्यार्थीलाई डिजिटल प्राविधिक माध्यामद्वारा अध्यपन गराउँदा उत्तम हुने बताएकी छन् । महामारीको बेला हरेक नागरिक सतर्कता अपनाई शिक्षालाई समेत ध्यान दिन जरुरी रहेको समेत प्रमुख थारुले उल्लेख गरिन् । विश्वकर्मा समाजले गरेको कार्य प्रंशासा गर्दै कम्प्युटर हस्तान्तारण गरेको समाज नेपाल यु.ए.ई.लाई धन्यावाद दिँदै बानियाँभारका सरस्वती माध्यमिक विद्यालय नमुनामय बनोस भनी आउँदै गरेका चाँड पर्व मनाउँदै गर्दा कसैलाई दशा न बनोस् शुभकामना समेत व्यक्त गरिन् ।

शिवराज नगरपालिका शिक्षा प्रमुख लोकराज पंथीले विद्यालय एक मन्दिर भएको हुनाले यसमा दान दिने दाताले मुख अमिलो बनाउन नपर्ने बताए । कोभिड –१९ ले सबैलाई निकै जटिल परिस्थितिका बाबजुद पनि विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गर्नु बाध्यता रहेको बताए । विद्यालयले गरेका कार्य प्रशंशा गर्दै यस विद्यालयले अझै फड्को मारोस् भनी शुभकामना समेत पंथीले व्यक्त गरे ।
विश्वकर्मा समाज नेपाल यु.ए.ई.को संस्थापक अध्यक्ष दुर्गा बहादुर सुनारको विशेष पहलमा विदेशमा रहेका नेपाली नागरिकहरुबाट रकम संकलन गरी उक्त विद्यालयलाई २ थान कम्प्युटर हस्तान्तरण गरिएको प्रधानाध्यापक विक्रम केसीले बताए ।

विद्यालय व्यवस्थान समितिका अध्यक्ष पनीराम रोकाको अध्यक्षता, शिवराज नगरपालिका उप–प्रमुख शिव कुमारी थारुको प्रमुख आतिथ्यता, शिवराज नगरपालिका शिक्षा प्रमुख लोकराज पंथीको लगायतको आतिथ्यिता, विश्वकर्मा समाज नेपाल यु.ए.ई.को प्रेम बहादुर सुनार, परशु विश्वकर्माको प्रतिनिधीत्व, बलेश्वर थारु र सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


