सीमा नाका बाट तीन किलो अफिम पक्राउ

नेपाल बाट भारत तर्फ लैजादै गरेको तीन किलो अफिम कपिलवस्तु प्रहरीले फेला पारेको छ । सीमा क्षेत्र कृष्णनगर नगरपालिका वडा ३ लिङगेटमा चेकजाँच गर्दा झोला फालेर एक नागरिक भारत तर्फ भागेका थिए ।

उक्त झोला खानतलासी गर्दा अफिम फेला परेको जनाइएको छ । झोला फालेर भारत तर्फ भागेका रुकुम जिल्लाका ३५ वर्षीय लाल बहादुर खत्रीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरीले जनाएको छ ।

TOP