आकाश खुलेपछि काठमाण्डौबाट देखिएको हिमाल

काठमाण्डौ – आकाश खुलेपछि काठमाण्डौबाट हिमालको मनमोहक दृश्य देखिन थालेको छ ।

बुधबारसम्म बादल लागेको काठमाण्डौको आकाश बिहीबारदेखि खुलेको हो । बिहीबार दिनभर आकाशमा एक टुक्रा पनि बादल देखिएन । शुक्रबार पनि बिहानैदेखि आकाश सफा छ ।

आकाश सफा भएपछि काठमाण्डौबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाहरु मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल आदि हिमालहरु देखिन थालेको हो । 

फाेटाे स्राेत : रासस

TOP