सञ्चारकर्मी विष्णु चौंलागाईं पनि बिते
कोरोना संक्रमण निको भएपनि त्यसको असरका कारण सञ्चारकर्मी विष्णु चौंलागाईंको आज बिहान ४ बजे निधन भएको छ । केही समयअघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारार्थ ओम अस्पतालमा भर्ना गरिएको थियो ।
दश दिनअघि कोरोना परीक्षण नेगेटिभ आएपनि चौंलागाईंलाई अस्पतालमै राखिएको थियो । परीक्षण नेगेटिभ आएपनि संक्रमणले फोक्सो र कलेजोमा गम्भीर असर पुर्याएको कारण उनको निधन भएको बताइएको छ ।
३५ वर्षदेखि पत्रकारितामा सक्रिय चौंलागाईं ५१ वर्षका थिए ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


