कोरोनाका बिमारी भर्नागर्न आनाकानी गर्ने अस्पतालको अनुगमन गरिने
झापा, झापाका निजी अस्पतालले कोरोना भाइरसको परीक्षण र उपचारका नगरी फर्काउने गरेको गुनासो बढेपछि अनुगमन समिति गठन गरिएको छ ।
कोरोना सङ्क्रमण व्यवस्थापन तथा न्यूनीकरण समितिको बैठकले निजी अस्पतालको सेवा अनुगमन गरी एक साताभित्रै प्रतिवेदन बुझाउन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही रहेका छन् ।
पीसीआर किटको अभाव
झापामा पिसीआर परीक्षणका लागि रिएजेन्ट किट अभाव भएको छ । व्यवस्थापन समितिको बैठकले स्थानीय पालिकासँग रिएजेन्ट किट किन्न सहयोगका लागि आह्वान गरेको छ ।
यसैबी, मेचीगनरवासीले धुलाबारीको मेची आम्दा अस्पताललाई सुविधासम्पन्न ‘कोभिड हस्पिटल’ बनाउन माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मेचीनगरका युवा नेता प्रकाश खड्काले मेचीनगर नगरपालिका र यस क्षेत्रका सांसद्लाई ज्ञापन पत्र बुझाएर कोभिड अस्पताल निर्माणको माग गरिएको बताए ।
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । अस्थायी प्रहरी पोष्ट खडैचाले सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम…


