दाङका विद्यालयमा भौतिक कक्षा पुनः सञ्चालन
दाङ – दाङका विद्यालयमा भौतिक कक्षा पुनः सञ्चालन भएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि बन्द भएका दाङ घोराहीका विद्यालयहरु आजदेखि सञ्चालनमा आएका हुन् । उपमहानगरपालिकाले असोज २५ गतेदेखि कार्तिकको १५ गतेसम्मलाई पालिकाभित्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियोे ।
शिक्षा समितिको पहिलेकै निर्णयअनुसार कार्तिक १६ गतेदेखि घोराही उपमहानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु सञ्चालनमा आएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुभयो।

महाशाखाका अनुसार धेरै विद्यालयले विद्यार्थीको चापअनुसार बिहान र दिउँसो गरेर दुई सिफ्टमा कक्षा सञ्चालन गरेका छन् । विद्यालयले स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने पनि गौतमले बताउनुभयो । यस्तै बबई गाउँपालिकाले पनि आजदेखि नै शिक्षण सिकाइका क्रियाकलापहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
विद्यार्थी, शिक्षक र अभिभावकको सहमतिमा लामो समयदेखि बन्द रहेको शिक्षण सिकाइको कार्यलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको बबई गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत मोहन दाहालले जानकारी दिनुभयो। त्यस्तै तुल्सीपुर उपमहानगरपालिकाले पनि आजदेखि सिकाइ क्रियाकलाप अघि बढाइएको छ । तर लमही नगरपालिकाले भने मंसिर १ गतेसम्म विद्यालय बन्द गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


