बानेश्वरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा घर भई बुद्धनगरमा भाडामा बस्दै आएका अन्दाजी ५३ वर्षका एक पुरुषको आइतबार दिउँसो ज्यान गएको वडा कार्यालयले जनाएको छ । उनको बिहान मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
बिहान कोरोना रिपोर्ट आएसँग अचेत अवस्थामा पुगेका उनको दिउँसो १ बजेतिर ज्यान गएको काठमाडौं महानगरपालिकाका वडा नं १० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । उनी उच्च रक्तचापको बिरामी रहेको बताइएको छ ।
त्यस्तै, आइतबार अपराह्न बानेश्वर हाइटमा एक वृद्धाको ज्यान गएको वडाध्यक्ष केसीले जानकारी दिए । करिब ८ दिन अघि कोरोना संक्रमण देखिएकी ती वृद्धा होम आइसोलेसनमा नै थिइन् ।
‘दुवै मृतकमा कोरोना पोजेटिभ आएको परिवारले जनाएका छन्’ वडाध्यक्ष केसीले अनलाइनखबरसँग भने ‘वानेश्वर हाइटमा निधन भएकी वृद्धामा कोरोना पोजेटिभ देखिएदेखि नै स्वास्थ्य समस्या बढीरहेको भन्ने जानकारी आएको छ ।’
नेपाली सेनाको शव व्यवस्थापन टोलीले मृतकको घरमा पुगेर शव उठाउने काम भइसकेको वडाध्यक्ष केसीले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


