नेपालको दोस्रो अस्पतालमा ओ.टिको भवन शिलान्यास

कपिलवस्तु
जिल्लाको शिवराज अस्पताल बहादुरगंजमा ओटी भवनको शिलान्यास गरिएको छ ।

विर अस्पताल पछि शिलन्यास गरिएको शिवराज अस्पतालमा आज ओटि (अप्रेसन) भवनको शिलान्यास गरिएको छ ।
कृष्णनगर नगरपालिकाको आर्थिक सहयोगमा शिवराज अस्पताल बहादुरगंजमा पचास लाखको लागतमा ओटि (अप्रेसन) भवन निर्माण हुने भएको छ ।

जिल्लाका कृष्णनगर लगायत चार स्थानिय तहका लगभग दुई सय गाउंका सर्वसाधारणलाई प्रत्यक्ष रुपले स्वास्थ्य सेवा दिदै आएको शिवराज अस्पताल सुविधा सम्पन्न अप्रेसन भवन निर्माणले जिल्लाको पश्चिम मै नमुना अस्पताल बनेको नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

एक्स.रे , इसिजी, अल्ट्रासाउन्ड ,फार्मेसी , ईण्डोर , ओपीडी जस्ता स्वास्थय सुविधा दिदै गरेको यस अस्पतालले अब महिला प्रसुति , हर्निया , बवासिर लगायतका शल्यक्रिया व्यवस्थापन भएपछि थप जिम्मेवार भई सेवा दिने अवसर मिलेको नि.मेडिकल सुपरिटेन्डेन्ट बेद कुमार चौधरीले बताउनुभयो ।

शिवराज अस्पताल स्वास्थ बिमामा पनि जिल्लामै अव्वल भएकाले आन्तरिक स्रोत बढ्नुका साथै कर्मचारी व्यवस्थापन तथा थप सेवाहरु बढाउदै लग्ने अस्पतालका कार्यवाहक प्रतिनिधि निर्भय सिंहले बताए । अहिले अस्पतालमा दिनहुं तीन सय देखि पांच सय बिरामी आउने गरेको सिंहले जानकारी दिएका छन ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


