सिंहदरबारको पूर्वी भाग प्रबलीकरण मंसिरभित्र पूरा हुने, काम सकिएलगत्तै प्रधानमन्त्री कार्यालयलाई सारिने
काठमाडौं । विक्रम संवत् २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भागको प्रबलीकरण र साजसज्जाको काम आगामी मंसिर मसान्तभित्र सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । हाल पूर्वी भागको प्रबलीकरणको काम सकेर आन्तरिक सजावटको काम भइरहेको छ ।
प्रबलीकरणको काम सकिएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई त्यहाँ सारिने छ । भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने छुट्टै भवनमा सारिएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले पूर्ववत् लक्ष्यभन्दा अगाडि नै प्रबलीकरणको काम सकिने बताए । पूर्वी भाग प्रबलीकरण गरिसक्नका लागि फागुन मसान्तसम्मको अवधि छ ।
‘उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि हामी मंसिर मसान्तमै काम सक्छौं,’ सिंहले भने ।
गौरी÷शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रबलीकरण गरिरहेको छ । उत्तर, पूर्व र दक्षिण भाग प्रबलीकरणको लागत ७५ करोड छ । उत्तर र दक्षिणी भाग प्रबलीकरण गर्न भने अझै केही समय लाग्ने जनाइएको छ ।
सिंहदरबार पश्चिमी भागको प्रबलीकरण भने २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ चैतसम्ममा सकिने एकाइले जनाएको छ ।
सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनर्निर्माणको कामसमेत शुरु भइसकेको छ । सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । यो वि.सं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनर्निर्माण गरिएको थियो । सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ ।
भूकम्पले क्षतिग्रस्त भएका सिंहदरबार पुनर्निर्माण गर्ने कि प्रबलीकरण भनेर लामो विवाद भएको थियो । पुरातत्वविदलगायत प्राविधिकले अध्ययन गरी प्रबलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


