नाकाबाट पर्याप्त सामान नआउँदा व्यवसायी मारमा
काठमाण्डाै – पटक पटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गएकाे बिहीबारदेखि फेरि सञ्चालनमा आएकाे छ । तर चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् । चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकाले व्यवसायीहरु चिन्तित देखिन्छन् ।
कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ । नयाँ मापदण्डअनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनियाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ ।
एक चिनियाँ कन्टेनरकाे सामानले नेपालतर्फको दुईदेखि तीन कन्टेनर सामान भरिन्छ । यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक पचासभन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन् । तर नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै समान आएको थियो । चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै सामग्री पठाउँदा आफूहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताउनुभयो । समान ढिलो आउँदा स्याउ लगायतका खाद्य सामग्री कुहिन थालेकोले नाकालाई निरन्तर खुला गर्नुपर्ने बताउनुभयो ।
नाकालाई पूर्णरुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्णरुपमा बन्द गरेर समुद्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यवसायीहरुले माग गरेका छन् । भन्सार नाका पूर्णरुपमा सञ्चालनमा नआँउदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल–चीन उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताउनुभयो ।
अहिलेसम्म स्याउ र केही रेडी मेड कपडा मात्रै अएको छ । यही गतिमा सामान आउने हो भने अहिले व्यापारीहरुले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्न सक्ने तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड परीक्षणको रुपमा रहेकोले थोरै मात्रामा सामान आयात भइरहेको उहाँले बताउनुभयो । उहाँले समान ढुवानी बढाउन आफूले चिनियाँ पक्षसँग लगातार छलफल गरिरहेको बताउनुभयो ।
आयातित सामग्री पूर्ण क्षमतामा ल्याउनको लागि आफूहरु मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताउनुभयो । नाका पूर्णरुपमा सञ्चालनमा आएमा दैनिक करोडौँ राजस्व सङ्कलन हुने र रोजगारीको अवसरसमेत वृद्धि हुने भएकोले छिटो भन्दा छिटो नाकालाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


