नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या १ हजार नाघ्याे
काठमाण्डाै – नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार नाघेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काेराेनाबाट २० जनाकाे ज्यान गएसँगै ज्यान गुमाउनेकाे कुल सङ्ख्या एक हजार चार पुगेकाे हाे ।
यस्तै पछिल्लाे २४ घण्टामा तीन हजार एक सय १४ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । याेसँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेकाे छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ६६ जनाकाे नमुना परीक्षण भएकाे हाे ।
त्यस्तै मङ्गलबार तीन हजार एक सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ पुगेकाे छ ।
अब ३७ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् भने एक हजार दुई सय ७७ जना क्वरेण्टीनमा रहेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


