कांग्रेसले ३ दिन केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा पार्टीकाे झण्डा आधा झुकाउने

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरूमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । 

मङ्गलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधि सभा सांसदसमेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा शोक व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । 

कांग्रेस नेता पूर्णबहादुर खड्काले कात्तिक १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको बताउनुभयो । 

यस्तै १९ गते सबै कार्यालयहरु बन्द गर्ने र केसीको निधनको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका ७ कास्कीका केसीको सोमबार राति निधन भएको थियो ।  

TOP