२४ घण्टामा देशैभर ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि हुँदा उपत्यकामा १ हजार ४६८
काठमाण्डाै – पछिल्लाे २४ घण्टामा देशैभर तीन हजार एक सय १४ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । याेसँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ६६ जनाकाे नमुना परीक्षण भएकाे हाे ।
त्यस्तै २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक हजार चार सय ६८ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे छ । त्यस्तै काठमाण्डाैमा १० हजार आठ सय ३० जना, भक्तपुरमा एक हजार सात सय ३० जना र ललितपुरमा दुई हजार एक सय ९६ जना होम आइसोलेशनमा छन् ।
त्यस्तै मङ्गलबार तीन हजार एक सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ पुगेकाे छ ।
अब ३७ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् भने एक हजार दुई सय ७७ जना क्वरेण्टीनमा रहेका छन् । त्यस्तै २४ घण्टामा २० जनाकाे ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार चार पुगेकाे छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


