ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा
अमेरिकी राष्ट्रपतीय चुनावको सुरुवाती नतिजाले धेरै राज्यमा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा भएको देखाएको छ ।
सुरुवाती नतिजाले रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार जो बाइडनबीच कसले जित्ने भन्ने अनुमान गर्न कठिन भएको छ ।
फ्लोरिडामा जो बाइडनको भन्दा डोनाल्ड ट्रम्पको जितको सम्भावना बढी देखिएको बीबीसीले जनाएको छ । तथापी पेन्सिलभेनिया, विस्केन्सिन, मिसिगन, एरिजोन, ओहायो, टेक्सास तथा नर्थ कैरोलाइनाको चुनावी परिणाममा कसको जित हुने भन्ने कुरा भर पर्नेछ ।
मंगलबार भएको मतदानमा १० करोड भन्दा बढी मानिसले भोट हालेका छन् । अमेरिकाको इतिहासमा यति धेरै मतदान पहिलो पटक भएको बीबीसीले जनाएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


