वैदेशिक रोजगार कार्यालय ताहाचलका चालक घुससहित पक्राउ
काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाण्डौका गाडी चालक र लेखापढी व्यवसायी आठ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
श्रम स्वीकृति लिन आएका सेवाग्राहीसँग काम छिटो गरीदिने भनी आठ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा चालक धनबहादुर तामाङ र लेखापढी व्यवसायीको काम गर्ने रामानन्द चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


