लोकसेवाद्वारा सहसचिव र उपसचिवको दर्खास्त स्थगित
काठमाडौं । लोकसेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ ।
सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै लोकसेवा आयोगले असोज १८ गते खुलाइएका सबै विज्ञापनको दर्खास्त लिने काम रोकेको हो ।
लोकसेवा आयोगले बुधबार सूचना जारी गर्दै अब अर्को सूचना जारी नहुँदासम्म उक्त पदहरुका लागि दरखास्त नलिइने जानकारी दिएको छ ।
आयोगले असोज १८ गते ११ औं र ९औं तहका लागि विभिन्न ३ वटा विज्ञापन खुला गरेको थियो ।
राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (प्राविधिक/अप्राविधिक) र स्वास्थ्य सेवाका ११औं र ९औं तहका पदको कार्यक्षमता, ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवा, स्वास्थ्य सेवातर्फकै ११औं र ९औं तहका प्राविधिक र अप्राविधिक पदको आन्तरिक र खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


