प्रहरीमा भर्ती हुन दोहोरो नागरिकता लिन खोज्ने कञ्चनपुका युवक पक्राउ
कञ्चनपुर – प्रहरीमा भर्ती हुन जन्ममिति घटाएर दोहोरो नागरिकता लिन खोजेको आरोपमा कञ्चनपुरमा एक जना युवक पक्राउ परेका छन् । नाम र जन्ममिति परिवर्तन गरेर दोहोरो नागरिकता लिन खोजेका महाकाली नगरपालिका ७ का गोविन्द सुनारलाई प्रशासन कार्यालयले शुक्रबार पक्राउ गरेको हो ।
सुनारले यसअघि २०७२ सालमा २०५४ फागुन २० गतेको जन्ममिति राखेर गोविन्द सुनारको नामबाट नागरिकता लिएका थिए । प्रहरीमा भर्ती हुन शुक्रबार दोस्रो पटक नागरिकता लिन प्रशासन पुगेका उनले जन्ममिति २०५८ साल माघ २ गते राखेर गोविन सुनारको नामबाट दोहोरो नागरिकता लिन खोजेको भेटिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुनारले नागरिकताका लागि ल्याएको सिफारिस र पुरानो अभिलेखमा समेत बुवाको नाम वीरबहादुर सुनार र आमाको नाम होमावती सुनार रहेको छ ।
नागरिकता दिनका लागि सुनारको डाटा कम्प्युटरमा राख्दा दोहोरो देखिएको र सोधपुछ गर्दा ढाँटेको शङ्का लागेपछि पुरानो अभिलेखमा हेर्दा दोहोरो देखिएको प्रजिअ महतोले बताउनुभयो । सुनारले प्रहरीमा भर्ना हुनका लागि उमेर घटाएर दोहोरो नागरिकता लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत कल्पना भट्टले बताउनुभयो ।
उहाँका अनुसार कम्प्युटरमा डाटा इन्ट्री गर्दा दोहोरो देखाएपछि अभिलेखमा भिडाउँदा समेत सुनारले शुक्रबार पेस गरेको फोटो पुरानो ढड्डामा रहेको फोटो रहेको भेटिएको छ, जसले गर्दा उनलाई नियन्त्रणमा लिन सजिलो भएको भट्टले बताउनुभयो ।
उहाँका अनुसार बिहीबारसमेत महाकाली नगरपालिकाका अर्का एक जना युवकसमेत दोहोरो नागरिकताका लागि आएका थिए । वडाको सिफारिस लिएका आएका उनी र वडा कार्यालयसँग पनि त्यसबारेमा बुझ्ने काम भइरहेको छ ।
शुक्रबार पक्राउ परेको सुनारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको र उनीमाथि आवश्यक कारबाही हुने प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


