नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित ए कजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् ।
उनलाई शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले पक्राउ गरेको हो ।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका ४ हजार वटा नोट फेला परेको हो ।
थप अनुसन्धान भइरहेको नागढुंगाका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


