रौतहटमा फेरि निषेधाज्ञा
रौतहट - कोरोना सङ्क्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले पुनः निषेधाज्ञा लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको हो ।
गएराति १२ बजेदेखि आउँदो मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै पालिका, व्यापारिक संघसंस्था, सामाजिक संघसंस्थालाई उहाँले आग्रह गर्नुभएको छ ।
निषेधाज्ञाका बेला खेलकुद, नाच, मेला, भीडभाड, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलुस र प्रदर्शन गर्न पाइनेछैन ।
मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक तथा सांस्कृतिक स्थलमा पनि दैनिक नित्य पूजाबाहेक गतिविधि सञ्चालन नगर्न भनिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


