‘अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो’
काठमाडौं । अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो महसुस भएको छ । आज काठमाडौं उपत्यकामा यो वर्षको जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको छ । पोहोर साल यही समयको तुलनामा आज कम तापक्रम मापन भएको मौसमविद प्रतिभा मानन्धरले बताइन् ।
‘पोहोर साल नोभेम्बर महिनाको पहिलो हप्ताको तुलनामा अहिलेको तापक्रम एक–दुई डिग्री कम हो,’ मौसमविद मानन्धरले अनलाइनखबरसँग भनिन् । उनले अब दिनहुँ तापक्रम घट्दै जाने र जाडो बढ्ने बताइन् ।
हाल दिउँसो घाम लाग्ने गरे पनि बिहान र साँझ चिसो महसुस हुने गरेको छ । काठमाडौं उपत्यकामा बिहानपख कुहिरो लाग्न थालेको छ । अब हुस्सु पनि बढ्दै जाने अनुमान छ ।
आज जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसपछि सबैभन्दा कम डडेलधुराको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


