कृषिकाे अनुदान वडासदस्यलाई गाेठ नबनाई पैसाा पाए
माधव बेल्बासे

कपिलवस्तु
शितगंगा नगरपालिका वडा न ११ का वडा सदस्य गणेश पुलामीले गोठ सुधार कार्यक्रम अन्तरर्गत कामै नगरी अनुदान पाएका छन । शितगंगा नगरपालिका वडाको कार्यक्रम कृषकलाई दिने अनुदान वडा वाट सिफारिस भएपछी जनप्रतिनिधिले अनुदान पाएका हुन ।
३० हजारको गोठ सुधार कार्यक्रम अन्तरर्गत असारमै भुक्तानी भएको छ । अनुदान पश्चात बनाए पनि हुन्छ भन्ने भनाई राख्दै वडा सदस्यले अन्य ३ जना कृषकहरुलाई पनि काम नै नगरी अनुदान दिलाएको खुल्न आएको छ । उनिहरुले गोठ सुधारको कामको सुरुसार गरेका नै गरेका छैनन ।
आव ०७५।७६ मा वडा वाट छुटिएको उक्त अनुदानमा अनिमिता भएको भन्दै वडा वासीहरुले जनप्रतिनिधिहरुको विरोध समेत गर्दै आएका छन । कामै नगरी अनुदान खाने भन्दै जनप्रतिनिधिहरुले मनोमानी गरेको स्थायिनहरुले ठम्याई छ ।
नगरको कृषि साखा अन्तरर्गतको कार्यक्रमा वडा न ११ का ४ जनालाई अनुदानमा छनोट गरिएको थियो । स्थानिय नुम वहादुर पल्ली,मित्रलाल पन्थि,वावुराम आचार्य र वडा सदस्य गणेश वहादुर पुलामीलाई वडाले छनोट गरेको वडा अध्यक्ष कपिल आलेले वताए । “खोर सुधार र गोठ सुधारको कार्यक्रमको एकमुष्ट भुक्तानी भएको हो, मैले अनुगमन गर्न पाएन फोटाको आधारमा सिफारि गरेको हु” आलेले भने । कामै नगरी अनुदान पाएको भन्दै स्थानियहरुले जानकारी गारएको भएपनि आफुले प्रतक्ष्य नदेखेको आलेको भनाई छ । “जनप्रतिनिधिले काम नगरी अनदान लिनु गलत हो” उनले थपे । शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले एक महिना भित्र काम नगरेमा कारवाही गर्ने वताए । भुक्तानी भएको एक महिना समय हुन्छ त्यसवेला सम्म काम नभएमा कारवाहीको प्रकृयामा अघि वढ्छ उनले भने ।
यता वडा सदस्य पुलामीले आफुले गोठ सुधार काम नगरेको स्वीकार गरेका छन । केहि दिनमै काम गर्ने भनेको भएपनि काम गर्न नसकिएको उनले जनाए । पुलामीले आफुले गलत नियतले अनुदान नलिएको वताएका छन । उनले काम गर्ने भनेपनि ट्याक्टर नआउदा काम गर्न नसकेको जनाए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


