विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या पाँच करोड नाघ्यो
काठमाण्डौ – विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या पाँच करोड नाघेको छ । दुई सय १६ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म पाँच करोड तीन लाख ५० हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएको छ ।
सङ्क्रमितमध्ये १२ लाख ५७ हजार चार सय भन्दा धेरैको ज्यान गइसकेको छ भने तीन करोड ५६ लाख भन्दा धेरै निको भइसकेका छन् । विश्वमा अहिले एक करोड ३४ लाख ९१ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा एक करोड एक लाख ८५ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा दुई लाख ४३ हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने ६४ लाख ४२ हजार भन्दा धेरै निको भएका छन् ।
विश्वका नौ वटा देशमा १० लाख भन्दा धेरैमा सङ्क्रमण भएको छ । प्रभावितहरुको दोस्रो सूचीमा रहेको भारतमा ८५ लाख सात हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा एक लाख २६ हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने ७८ लाख ६८ हजार भन्दा धेरै निको भएका छन् । कोरोना सङ्क्रमित भेटिएका आठ वटा देशले सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झारेर कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


