सिटी एक्सप्रेस मनी ट्रान्सफर र वेरेज रेमिट्यान्सबीच रेमिटान्स कारोबार सुरु
काठमाडौं, हङकङको ख्यातिप्राप्त वेरेज रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीहरुले वेरेज रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने जनाईएको छ । सिटी एक्सप्रेससंग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने छ ।
नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वेरेज रेमिट्यान्सको तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरे । यही नोभेम्बर ३० तारिकसम्म वेरेज रेमिट्यान्सबाट सिटी एक्सप्रेसमार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


