जेलबाट फरार महिलाले राम्रो फोटा प्रयोग गर्नु भनेपछि…
सिड्नीमा जेलबाट फरार एक महिलाले टेलिभिजनमा आफ्नो फोटो देखेर तुरुन्त टीभी च्यानलमा खबर गरिन् । उनले आफ्नो राम्रो फोटोको प्रयोग गर्न भनेकी हुन् । लुकेर बसी रहेकी ती महिलाले च्यानलमा राम्रो फेटो प्रयोग गर्न आग्रह गरेपछि उनको विश्वभर चर्चा भएको हो ।
वास्तवमा १८ वर्षकी एमी शार्प शुक्रवार सर्री हिल्स सर्विस कम्प्लेक्समा भाग लिएकी थिइन् । यस कार्यक्रममा सहभागी भएपछि प्रहरीले मोस्ट वान्टेडको सुुचीमा दुई तस्वीर राखेको थियो । उनले यी तस्वीरमा कालो कपडा लगाएर रातो कम्बल ओडेकी थिइन् । दुवैको फोटोलाई एक समाचार च्यानलले समाचारको साथमा फेसबुक पेजमा प्रकाशित गरेको थियो । तर, पोस्टमा सबैभन्दा पहिलो कमेन्ट नै एमी शार्पको आएको थियो ।
एमीले फेसबुकमा कमेन्ट गर्दै आफ्नो सुन्दर फोटो अपलोड गर्दै लेखेकी छिन्, ‘तपाइँ यो फोटो प्रयोग गर्न सक्नु हुन्छ, कृपया…र धन्यवाद ।’ एमीले यो कमेन्ट आफ्नै प्रोफाइलबाट गरेकी थिइन्, जुन आजसम्म पोस्टमा उपलब्ध छ ।
भर्खर आएको जानकारी अनुसार एमी पक्राउ परेकी छिन् । सामाजिक सञ्जालमा एमीको यो काम प्रति धेरैले प्रतिक्रिया दिएका थिए भने हजारौ मानिसहरुले एमीको हिम्मतको पनि चर्चा गरेका थिए । एजेन्सी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


