‘ग्लाेबल टाइम्स’ ले भारतीय पार्टीकाे संज्ञा दिएकाे भन्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकद्वारा निन्दा
काठमाण्डाै – चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्समा आफ्नाे पार्टीलाई भारतीय पार्टी भनेर लेखेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निन्दा गरेको छ ।
बैठकका निर्णयहरू सुनाउँदै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले हुम्लाको सिमाना सम्बन्धमा आएको प्रतिवेदनलाई लिएर कांग्रेसलाई भारतीय पार्टीको संज्ञा दिएकाले बैठकले निन्दा गरेको बताउनुभयो ।
सहमहामन्त्री महतले कांग्रेस पार्टी चीन सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको र उच्च महत्त्व दिएको तर राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डताकाप्रति समर्पित भएको र चीन मात्र नभएर जुनसुकै देशसँगको सम्बन्धमा समस्या देखिए बोल्ने बताउनुभयो । यो विषयमा दुई देशका संयुक्त टोलीले ऐतिहासिक तथ्य, भोगचलनको तथ्य, सीमा स्तम्भको स्थिति सबैको मूल्याङ्कन गरेर निर्क्यौलमा पुग्न सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।
यसबाहेक बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एकता प्रक्रियामार्फत आउनुभएका सुनिलबहादुर थापालगायतसँग भएको समझदारीअनुसार सहमहामन्त्री एवं केन्द्रीय सदस्यलगायतका पद दिने निर्णय पनि गरेको छ । यससँगै सुनिलबहादुर थापा कांग्रेसको सहमहामन्त्री बन्नुभएको छ ।
यस्तै कोभिड–१९ सङ्क्रमणका कारण देश आक्रान्त भएको अवस्थामा पनि सरकार बेखबर देखिएको र आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै नागरिकको उपचारको हकलाई नजरअन्दाज नगर्न बैठकले माग गरेको छ । कृत्रिम अभाव, महँगी, कोभिड सङ्क्रमणबाट नागरिक आक्रान्त भएको अवस्थामा जिम्मेवार बन्न सरकारसँग माग गरिएको पनि सहमहामन्त्री महतले बताउनुभयो ।
यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएका समस्यामा सैद्धान्तिक सहमति भएको बताउनुभयो । पार्टीलाई विधिसम्मत, विधानको पद्धतिका आधारमा क्रियाशील सदस्य वितरण गर्ने सहमति भएको पनि बताउनुभयो ।
यस्तै तिहार लगत्तै कार्यसमिति बैठक बसेर सबै मुद्दामा छिनोफानो गर्ने कुरामा सहमति भएको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


