धनुषामा श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने एक पक्राउ, घाइतेलाई काठमाण्डौ ल्याइँदै
धनुषामा – धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गर्ने सञ्जीव साह पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिनुभयो ।
उनीहरु केही समयदेखि छुट्टाछुट्टै बस्दै आएका र शनिबार बिहान श्रीमतीको कोठामा पुगेर सञ्जीवले दुवै जनालाई एसिड प्रहार गरेका र घटना भएको केही समयमै उनलाई पक्राउ गरिएको एसपी बस्नेतले जानकारी दिनुभयो ।
अहिले पीडितहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र थप उपचारका लागि काठमाण्डौ ल्याउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । आरती साहको अनुहारसहित पेट र छातीलगायत शरीरको विभिन्न भागमा एसिड लागेको र छोरीको टाउको तथा बायाँ हातमा एसिड लागेको एसपी बस्नेतले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


