नेकपा विवादमा राष्ट्रपति भण्डारी फरि सक्रिय
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनले नेकपाभित्रको विभिन्न पक्षसँग प्रत्यक्ष अप्रत्यक्ष कुराकानी तिव्र पारेकी छिन् ।
भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शितलनिवासमा गत हप्ता छलफल गरेकी छिन् । यसलाई अर्थपूर्ण मानिएको छ । उनले गत हप्ता उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेकी छिन् ।
भण्डारीले नेकपाभित्रको विभिन्न पक्षसँग छुट्टाछुट्टै भेटघाट चलाएकी छिन् । उनले प्रचण्ड निकटस्थ वर्षमान पुनसँग पनि छलफल गरिसकेकी छिन् । ओली निकटस्थसँग पनि भण्डारीले छलफल तिव्र पारेकी छिन् । उनले टेलिफोनमार्फत् पनि नेताहरुसँग छलफल गरी सहमतिको प्रयास थालेकी हुन् ।
यसैगरी, भण्डारीको सक्रियताप्रति नेकपाभित्रको ओलीइतर पक्षले असन्तुष्टि जनाएको छ । केही नेताहरुले भण्डारीको सक्रियतामाथि प्रश्न उठाएको छ । उनलाई ओलीको सत्ता संकट जोगाउन र बलियो बनाउन सक्रिय भएको आरोप लाग्न थालेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


