कपिलवस्तुको सिमाक्षेत्रमा खसीको तस्करी बढ्याे
प्रिन्स मिश्रा कपिलवस्तु ,
मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी तस्करी बढेको छ l लकडाउनमा जिल्लाका सिमाक्षेत्र हुदै अवैध खसीको तस्करी बढ्दै गएकाे छ।
जिल्लाकाे कृष्णनगर , कुकुरभुक्वा, गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ र आज मिति २०७७।०७।२९ गते १५:५० बजे जिल्ला कपिलवस्तु बिजयनगर गा.पा.-१ तिनघरवा स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपाल तर्फ ल्याउदै गरेको ९ जिउ खसी ईलाका प्रहरी कार्यालय गणेशपुर र बॉर्डर आउट पोस्ट डालपुरको सयुंक्त गस्ती टोलीले बिजयनगर गा.पा.-१ तिनघरवा बाट खसी बरामद गरेको छ र आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार पठाएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिस्टले जानकारी दिनुभएको छ l
काेराेना संक्रमणका कारण भारतसंगकाे सिमा लक भएकाले चाेरबाटाे हुँदै अवैध खसीकाे तस्करी माैलाएकाे स्थानियहरु बताउछन । तस्कारी गरेर ल्याईने खसीहरु महराजगंज, कृष्णनगर ,चन्द्राैटा, बुटवल,पाल्पा र ताैलिहवा सम्मा सप्लाई हुँदै आएको जानकारी प्राप्त भएको छ। भारतसंगकाे सिमा (कृष्णनगर)मा लकडाउन अवधीदेखि सशस्त्रकाे नया चेकपाेष्ट बनाइएकाे छ तर रातिकाे समयमा तस्करहरु खेतकाे डिल तथा नदीकाे किनाराकाे छेउ समाउदै नेपालमा खसी लगायत अन्य समान ओसार पाेसार गरिरहेका प्रत्यक्षदर्शीहरु बताउँछन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


