हङकङकाे एक अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाकाे ज्यान गयाे, ‘ज्यान गुमाउनेमा धेरै नेपाली’
काठमाण्डाै – हङकङमा एउटा जन्मदिन मनाउन भेला भएको बेला भएको आगलागीमा परेर सात जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा धेरै जसो नेपाली रहेको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् । ज्यान गुमाउनेमा चार जना पुरुष र तीन जना महिला छन् । मृतकहरूको पूरा विवरण आइनसकेको खबरमा उल्लेख छ ।
क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा आगलागी भएको हो । आगलागीमा अरु १८ जना घाइते भएको र उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएकाे छ । घाइतेहरूकाे विभिन्न चार वटा अस्पतालमा उपचार भइरहेको छ ।
अपार्टमेन्टमा नेपाली रेस्टुरेन्ट सञ्चालनमा रहेको तर दर्ता भने नभएको खबरमा उल्लेख छ । हङकङ सरकारले आगलागीको कारण पत्ता लगाउन छानबिन गर्न आदेश दिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


