चीनबाट पनि जर्नेल नै आउने
सिमानामा आमने साम्ने भिडन्तको अवस्थामा रहेका हाम्रा दुबै छिमेकी मुलुकबाट एकपछि अर्को गरी रक्षा मामिलासङ्ग जोडिएका उच्चस्तरीय पदाधिकारीहरुको आगमन जारी छ । यसै क्रममा सुविधा र सन्तुलनक्क हिसाबले उत्तरी छिमेकी चीनका रक्षामन्त्री वेई फङ्गह एक दिने भ्रमणको लागि नेपाल आउने भएका छन् ।बदुई हप्ताभित्र आउने तय हुँदै गरेको भ्रमण तालिकाअनुसार वेईले बिहान आएर काठमाडौंमा केही घण्टा १२ घण्टा बिताई अर्को मुलुक जान लागेको रक्षा मन्त्रालय स्रोतले पुष्टि गरेको छ । यसअघि विदेशमन्त्री वाङ्ग यी नेपाल आउन लागेको खबर बाहिरिए तापनि पछि रक्षामन्त्रीको भ्रमण तय भएको सरकारी अधिकारीहरूले बताएका हुन् ।
चीनको ३५ सदस्यीय क्याबिनेटमा पाँच सदस्यीय स्टेट काउन्सिलरमध्ये दुईजना मन्त्री छन् । तीमध्ये वेइ एक हुन् । उनी सन् २०१८ को मार्च १९ मा रक्षामन्त्री तथा स्टेट काउन्सिलरमा नियुक्त भएका थिए । सन् १९७२ जनवरीदेखि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बनेका उनी १७ औं केन्द्रीय कमिटीको वैकल्पिक सदस्य र १८ औं केन्द्रीय कमिटीको सदस्य छन् ।
सान्डोङ्ग प्रान्तको लिआओचङ्गमा जन्मेका वेई १६ वर्षको उमेरमा १९७० डिसेम्बरदेखि चिनियाँ जनमुक्ति सेनामा भर्ना भएका थिए । त्यसको १४ वर्षपछि सन् १९८४ मा दोस्रो आर्टिलरी कमाण्ड एकेडेमीको कमाण्ड डिपार्टमेन्टबाट स्नातक भएपछि दोस्रो आर्टिलरी कोर्प्सको जनरल बनेका हुन् । सन् २०१२ मा दोस्रो तोपखाना कोर्प्सको कमाण्डरमा नियुक्त हुनुअघि वेईले जनमुक्ति सेनाको डेपुटी चीफ अफ स्टाफको जिम्मेवारी सम्हालेका थिए ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


