गम्भीर लक्षण देखिएका सङ्क्रमित होम आइसोलेशनमा बस्दा ज्यान जाने जोखिम बढ्यो : डा. बाँस्ताेला
काठमाण्डाै – लक्षण देखिएका सङ्क्रमित होम आइसोलेशनमा बस्दा गम्भीर समस्या हुन सक्ने भन्दै डाक्टरले लक्षण नभएमा मात्रै घरमै बस्न सुझाव दिएका छन् । अहिले कोरोनाको गम्भीर लक्षण देखिएकाहरु पनि घरमै आइसोलेशनमा बस्दा ज्यान जाने जोखिम बढेको सरुवा रोग विषेशज्ञ डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो ।
उहाँका अनुसार लक्षण नदेखिएका, हल्का रुघाखोकी र सामान्य लक्षण भएका सङ्क्रमित मात्रै होम आइसोलेशनमा बस्नु पर्छ । गम्भीर लक्षण देखिएका बिरामीको स्वास्थ्यमा जुनसुकै बेला जटिल अवस्था आउन सक्ने भएकाले अस्पताल जानु पर्ने उहाँको सुझाव छ ।
बिरामीलाई एक्कासी स्वास्थ्य समस्या देखिएर अस्पतालमा पुर्याउँदा शैय्या नपाउने सम्भावना हुने डाक्टर बाँस्तोलाको भनाइ छ । यही कारण कतिपयको अस्पतालमा शैय्या खोज्दाखोज्दै, अस्पतालसम्म जान गाडी खोज्दाखोज्दै पनि ज्यान जाने पाइएको छ । यस्तै, कतिपय बिरामीहरु भने कोरोनाको लक्षण देखिँदा पनि १४,१५ दिन आइसोलेशनमा बस्नु पर्छ भनेर पीसीआर टेस्ट नै नगराइ घरमै बसिरहँदा पनि समस्या भएको डाक्टरले बताएका छन् ।
अहिले काठमाण्डौ उपत्यकाको अस्पतालमा भर्ना हुनेमा धेरैजसो अक्सिजन चाहिने र गम्भीर खालका सङ्क्रमितहरु मात्र रहेका पनि डाक्टर बाँस्तोलाले बताउनुभयो । अस्पतालको आइसियु अहिले पनि भरिभराउ नै रहेको उहाँले बताउनुभयो । तर आइसोलेशन वार्डहरु भने खाली हुँदै गएका छन् ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


