माथिल्लाे सगरमाथाका ३ जिल्लामा धान उत्पादन बढ्याे
साेलुखुम्बु – माथिल्लो सगरमाथाका तीन वटा जिल्लामा यस वर्ष धान उत्पादन बढेकाे छ । सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामा यस वर्ष धान उत्पादन बढेकाे सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सोलुखुम्बुमा यस वर्ष ३ दशमलव २५ प्रतिशतले धान उत्पादन बढेकाे निमित्त कार्यालय प्रमुख दुर्गाबहादुर तिरुवाले बताउनुभयो । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार जिल्लाभरि एक हजार पाँच सय २५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा यसपटक शतप्रतिशत रोपाइँ हुँदा ३६ सय २० मेट्रिक टन धान उत्पादन भएको छ । गएकाे वर्ष एक हजार पाँच सय २५ हेक्टरमा तीन हजार पाँच सय ६ मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ ।
खोटाङमा पनि यस वर्ष धानकाे उत्पादन बढेकाे छ । प्रमुख बालीको रूपमा लगाइने धान यस वर्ष ३८ दशमलव ४६ प्रतिशतले बढेकाे हो । कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाभरि १२ हजार आठ सय ९८ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा यस पटक शतप्रतिशत रोपाइँ हुँदा २९ हजार तीन सय ४२ मेट्रिक टन धान उत्पादन भएको छ ।
यस वर्ष समयमै वर्षा भइ बेलैमा रोपाइँ भएको, रोपाइ गरिने क्षेत्रफल बढेकाे र रोग, किरा प्रकोपको व्यवस्थापन गरिएकाले धान उत्पादन बढेकाे कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी देवराज गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार गएकाे वर्ष १० हजार तीन सय १८ हेक्टरमा रोपाइँ भएकोमा १८ हजार ५७ सय मेट्रिक टन उत्पादन भएको थियाे ।
यस्तै ओखलढुङ्गामा १० दशमलव ५ प्रतिशतले धान उत्पादन बढेकाे छ । धान उत्पादन हुने चार हजार चार सय तीन हेक्टर क्षेत्रफलमध्ये शतप्रतिशत नै रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष १३ हजार दुई सय तीन मेट्रिक टन धान उत्पादन भएको कार्यालयका निमित्त प्रमुख हेमबहादुर आले मगरले जानकारी दिनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


