उदयपुरको ताप्ली गाउँपालिकाकाे कार्यालयमा बम बिस्फोट
काठमाण्डाै – उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम बिस्फोट गराएको छ ।
राति एक बजेको समयमा पालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बम बिस्फोटबाट कार्यालयको कम्प्युटरका साथै टेबल, कुर्सीलगायतका फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
साथै घटनास्थल नजिकै एउटा बम पनि फेला परेको र गाईघाटबाट बम डिस्पोजल टोली मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । घटनास्थललाई प्रहरीले सुरक्षाको घेरामा राखेको छ । घटना कसले र किन गरायो भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको पनि प्रहरी उपरीक्षक दाहालले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


