गाउँपालिका कार्यालय भित्रै बम विस्फोट, उपाध्यक्षको कार्यकक्षमा क्षति
उदयपुर,
उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ ।
अज्ञात समुहले शनिबार मध्यराति १ बजेतिर कार्यालय भित्रै बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विस्फोटको कारण कार्यालयको दुईवटा कोठामा क्षति पुगेको छ । उपाध्यक्ष बस्ने कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भीमप्रसाद दाहालले जानकारी दिए ।
कार्यालयको गेटमा समेत अर्को शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु देखिएकाले प्रहरीले कार्यालय पूर्ण शिल गरेको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गरिरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइराखेको एसपी दाहालले बताए ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


