दाङ : मापदण्ड विपरीत सञ्चालनमा रहेका १० क्रसर उद्योग बन्द गर्न निर्देशन
दाङ – मापदण्डको पालना नगरि सञ्चालनमा रहेका दाङका १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
अनुगमनका क्रममा १० वटा क्रसर उद्योगले अवैध रुपमा काम गरिरहेको फेला परेपछि ती उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बालुवा प्रशोधन गर्ने भनेर उद्योग दर्ता गरेकोमा क्रसर उद्योग नै सञ्चालन गरेको पाइएको छ ।
गृह मन्त्रालयले गएको कार्तिक २५ गते निर्देशन दिएपछि जिल्लामा क्रसर उद्योगको अनुगमन थालिएको थियो । ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएकोमा ६ वटा बन्द भएको पनि प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।
यस्तै २६ वटा सञ्चालनमा रहेका छन् । तीमध्ये १० वटाले क्रसर उद्योगमा नाममा चलाएको पाइएपछि बन्द गर्न निर्देशन दिइएको छ । अटेरी गरे सेवा सुविधा कटौतीसँगै दर्ता खारेज गर्ने प्रशासनले चेतावनी दिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


