वाग्मती प्रदेश लोकसेवा आयोगद्वारा पहिलोपटक ४ सय ६९ जना कर्मचारी माग
चितवन – वाग्मती प्रदेश लोकसेवा आयोगले पहिलोपटक ४ सय ६९ जना कर्मचारी माग गरेको छ ।
प्रदेश स्तरमा स्थापना भएको लोकसेवा आयोगले ४ सय ६९ जना कर्मचारी माग गरेको हो । प्रदेश र पालिकामा सहायकस्तर चौथो तहका विभिन्न पदका लागि ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको हो । प्रदेशका दुई मन्त्रालय र पालिकामा गरी सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताउनुभयो ।
प्रदेशभरिका ४४ वटा पालिका र वाग्मती प्रदेशको दुईवटा मन्त्रालयका २२ जना समेत गरेर ४ सय ६९ जनाको दरबन्दी माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रदेश निजामती सेवा वार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरिएको छ । प्रदेशस्तरमा यति धेरै पदमा विज्ञापन गरेको पहिलो पटक रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रदेशका एक सय १९ वटा पालिका मध्येमा २२ वटा पालिकाले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विवरण पठाएका हुन् । प्रदेश सरकारका ७ वटा मन्त्रालयमध्ये दुईवटा मन्त्रालयले मात्र कर्मचारी माग गरेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयले २ जना कर्मचारी माग गरेको छ ।
यस्तो छ, मागिएको दरबन्दी र कार्यतालिका :

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


