उत्तर अफगानिस्तानमा हवाई आक्रमण, ६ जना तालिबानीको मृत्यु
अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।
अफगान वायु सेना (एएएफ) ले तालिबानको शिविरलाई सोमबार मध्यराति लक्षित गरी उक्त हमला गरिएको र त्यसबाट अरु चार जना गम्भीर घाइते भएको बताएको छ ।
अफगान सेनाले देशभित्र हिंसात्मक झडपका घटनामा वृद्धि हुँदै गएपछि यस वर्षको शुरुदेखि नै देशका विभिन्न स्थानमा तालिबान विद्रोही विरुद्ध सैनिक कारबाही गरिरहेको छ ।
रिपोर्टहरु अनुसार सरकारी फौजको उपस्थिति अफगानिस्तानका शहरी इलाकाहरुमा बढी देखिएको छ तर ठूलो भूभागको ग्रामीण इलाकामा तालिबानी समूह सक्रिय छ ।
ग्रामीण क्षेत्रमा संगठित रहेका तालिबानीहरुले बेलाबेला शहरी इलाकाहरुमा भिषण आतंकवादी हमलाहरुले गर्ने गरेका छन् ।–सिन्ह्वा/Photo: Agency
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


