रेमिटेन्सले सजिलोमा सरकार
काठमाडौं, कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको छ । कोभिडका कारण रेमिटेन्स आय घटेर समस्या आउने अनुमान गरिए पनि उल्टै साढे १२ प्रतिशतको वृद्धिले सरकारलाई खर्च बढाउन सजिलो बनाएको हो । विश्वभर कोभिड समस्या देखिएपछि रेमिटेन्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो ।
राष्ट्र बैंकका अनुसार यो वर्षको तीन महिना (साउन–असोज) मा रेमिटेन्स २ खर्ब ५८ अर्ब ८६ करोड रूपैयाँ भित्रिएको छ । यो १२।६ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष यो समयमा रेमिटेन्स ५.१ प्रतिशतले घटेको थियो । रेमिटेन्समा आएको सुधारका कारण शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, चालु खातालगायत बाह्य क्षेत्रको स्थायित्वमा सरकारलाई कुनै समस्या देखिएको छैन । चालु आवको तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर छ । यस्तै चालु खाता ३४ अर्ब ३६ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्ष बाह्य क्षेत्रमा धेरै समस्या थिए । पूर्वअर्थमन्त्री युवराज खतिवडाले त्यसबेला बाह्य क्षेत्रमा भएको समस्यालाई श्वेतपत्रमा राखेर मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको दाबी गरेका थिए ।
सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकको ५६ प्रतिशत घरधुरी रेमिटेन्ससँग जोडिएको छ । कोभिडका कारण रेमिटेन्स आय घटे यति ठूलो जनसंख्यामा समस्या आउने र गरिबी अझै वृद्धि हुने अनुमान गरिएको थियो । तर रेमिटेन्स आय निरन्तर बढिरहेका कारण गरिबीमा चाप परेको छैन ।
अहिले सरकारसँग पर्याप्त मात्रामा विदेशी मुद्रा रहेकाले बजेटमा गरिएका वाचा पूरा गर्न कुनै समस्या देखिँदैन । बजेटरी खर्च गर्दा आयात बढ्ने र त्यसको भुक्तानीका लागि विदेशी मुद्रा अभाव हुन्छ कि भन्ने समस्या यो वर्षलाई हुनेछैन ।
राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले रेमिटेन्सले बाह्य क्षेत्रको स्थायित्वको ग्यारेन्टी गरेका कारण सरकारलाई चालु वर्ष खर्च बढाउन समस्या नहुने बताएको आजको नागरिक दैनिकमा खवर छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


