‘नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्नेछ’
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्ने बताउनुभएको छ । सामाजिक सुरक्षा योजनाको तेस्रो वार्षिक उत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले नागरिककाे सामाजिक सुरक्षाकाे जिम्मा सरकारले लिइसकेकाले कसैलाई पनि कुनै समस्या हुन नदिन सरकार लागिपरेकाे बताउनुभयाे ।
‘सामाजिक सुरक्षा योजना उन्नत चरणको ध्योतक, पारस्परिक सहयोग र उत्तरदायित्वपूर्ण अभिभारा हो’, उहाँले भन्नुभयो, ‘राज्य सत्ताको कर्तव्यको हैसियतमा सामाजिक सुरक्षा महत्वपूर्ण रहेको छ ।’
यो भन्दा पहिले पनि वृद्ध भत्ता लगायतका विभिन्न सामाजिक सुरक्षाका कदमको आलोचना भएको भए पनि अहिले आएर त्यसको महत्व बुझिएको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको महत्व पनि विस्तारै बुझिदै जाने उहाँले बताउनुभयो ।
समाजको मानवोचित सभ्य समाज निर्माण गर्ने कर्तव्य र भावना र त्यसबाट निर्देशित भएर गर्नुपर्ने कामहरुलाई सामाजिक सुरक्षा योजनाले समेट्ने भन्दै त्यसको महत्व निकै बढी भएको उहाँले बताउनुभयो ।
भर्चुअल कार्यक्रममार्फत सञ्चालन गरिएको सामाजिक सुरक्षा दिवसमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पनि सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउने विषयमा जोड दिनुभयो ।
उहाँले सामाजिक सुरक्षा कोषले सुरक्षित लागनी मार्फत दिगो प्रतिफल दिने भन्दै कोषको दीर्घकालीन वित्तीय स्रोतमा गुणात्मक वृद्धि हुँदै जाने पनि बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


