‘काेराेना खाेपमा भारतले नेपाललाई सहयाेग गर्छ’
काठमाण्डाै – भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले कोरोना भाइरसको खाेपमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सिहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव शृङ्गलाले कोरोनाकाे खाेप पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । सचिव शृङ्गलाले नेपाल–भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि नबिग्रिएको दाबी गर्नुभयो ।
कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरूलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने खाेप आम रूपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो दुईपक्षीय सम्बन्ध सभ्यतासँग जोडिएको छ । यो धेरै बलियो छ । जस्तै प्रतिकूल अवस्थामा पनि यो बिग्रिएको छैन । कोरोना महामारीमा पनि हामीले छोडेनाैँ ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताउनुभयो । नेपाल–भारत सम्बन्ध ऐतिहासिक भएकाले दुई देशको सम्बन्धको जग बलियो रहेको उहाँले बताउनुभयो ।
सचिव शृङ्गलाले परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको हो । यसैबीच भेटपछि विदेश सचिव शृङ्गलाले भारत सरकारका तर्फबाट नेपाललाई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डेसिभिरलगायत स्वास्थ्य सहायता हस्तान्तरण गर्नुभएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


