सिन्धुपाल्चोकमा आजदेखि भौगर्भिक अध्ययनको काम सुरु हुँदै
सिन्धुपाल्चाेक – सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको आजदेखि भौगर्भिक अध्ययन सुरु हुने भएको छ ।
सुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इञ्जिनीयर सन्तोष निरौलाले जानकारी दिनुभयो ।
गएकाे साउन ३० गते ३९ जनाको ज्यान जाने गरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी र त्यहाँबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरुको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोली खटिएको छ । टोलीले आजदेखि काम सुरु गर्न लागेको हो । सिन्धुपाल्चोकको पहिरोग्रस्त क्षेत्र बाह्रबिसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको समेत क्रमशः अध्ययन हुनेछ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


